Headlines News :
>
Home » » ५ मिनेटमै संविधानसभा बैठक स्थगित,नेम्वाङले सोधे, 'जनतालाई के जवाफ दिने ?'

५ मिनेटमै संविधानसभा बैठक स्थगित,नेम्वाङले सोधे, 'जनतालाई के जवाफ दिने ?'

Written By Unknown on Tuesday, 20 January 2015 | 22:30

काठमाडौं, माघ ७ - संविधानसभाको बुधबारको बैठक पाँच मिनेटमै स्थगित भएको छ ।
एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले नाराबाजी सुरु गरेपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पाँच मिनेटमै डेढ बजेसम्मका लागि बैठक स्थगित गरे । नेम्वाङले माघ ८ को पूर्वसन्ध्यामा रहँदा जनतालाई के जवाफ दिने भनि प्रश्न गरे । 'हामी ८ को पूर्वसन्ध्यामा छौं,' उनले बैठक स्थगित गर्नुभन्द्या अगाडि संक्षिप्तरुपमा भने, 'भोलि जनतालाई के जवाफ दिने ?'
बिहान ११ बजे बोलाइएको बैठक पौने १२ बजे सुरु भएको थियो । संविधानसभाको बुधबारको बैठकमा पनि प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव गर्ने कार्यसूचि थियो । संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम प्रस्ताव निर्माण समिति गठन गरियोस् भनी कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव गर्ने र एमाले प्रमुख सचेतक अग्नि खरेलले समर्थन गर्ने कार्यसूचि थियो ।
मंगलबार बिहान बसेको बैठकमा प्रस्ताव निर्माण समिति गठन गर्न अवरोध गर्दै एमाओवादीले आक्रमण र तोडफोड गरेको थियो । मंगलबार नै दिउँसो भएको बैठकमा एमाओवादीले डेढ घण्टाभन्दा बढी नाराबाजी गरेको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar