बाल्यकालदेखि नै गायन क्षेत्रमा आफ्नो सपना साँचेकी गायिका सुनीता दुलाल यतिबेला 'तीज क्विन' बनेर उदाएकी छन् । सिन्धुपाल्चोककी स्थायी बासिन्दा उनी यतिबेला आफ्नो गला लिएर विभिन्न देशको भ्रमणमा निस्किएकी छन् । १० वर्षअघि निकालेको तीज गीत हिट भएपछि पछाडि हेर्नु नपरेको बताउने सुनीताको अस्ट्रेलिया भ्रमणको छेक पारेर नेपालीपत्रले गरेको कुराकानीः
अस्टे्रलिया जाँदै हुनुहुन्छ ? के सुनाउने तयारी छ ?
अस्टे्रलिया मेरो फस्ट टाइम हो । मलाई एकदम जान मन लागेको देश हो । मेरा फ्यानहरुले पनि कहिले आउनुहुन्छ भन्दै हुनुहुन्थ्यो । पशुपति शर्माजी पनि जाँदै हुनुहुन्छ । दोहोरी त एकदम भइहाल्छ । हामी दुईको ठट्यौली किसिमको दोहोरी दर्शकले हेर्न पाउनुहुनेछ । त्यसबाहेक अन्य धैरे डान्सिङ नम्बरहरु छन् । त्यस्तै 'झम्के फूली नाकैमा बुलाकी, यसपालि त घरबारै होला कि' यो एकदमै डान्सिङ गीत हो । मेरो नयाँ एल्बम झम्के फूलीको । यो रिमेक गीतमा अस्टे्रलियाबासी नेपालीहरु ननाचिरहन सक्नुहुन्न जस्तो लाग्छ । यसबाहेक अन्य एक दर्जन बढी गीत गाउने तयारी छ ।
रिमेक गीतहरु गाउन सजिलो हुन्छ कि आफ्नै लयमा ?
रिमेकमा गाउँन पाउँदा मलाई सजिलो महसुस भयो । राम्रो मेलोडी र क्याची टाइपको छ भने अरुले बनाएको पनि सजिलो लाग्छ मलाई ।
लोकगीतको बजार घटिरहेको भनिन्छ ? तपाईंको अनुभव कस्तो छ ?
एल्बम बिक्रीको तुलनामा पहिलोको भन्दा कम छ । त्यो भन्दैमा फेरि सबैको बजार खस्केको छैन । विभिन्न डिजिटल टेक्नोलोजीहरुको विकास भइरहेको छ । मेरो आफ्नै युट्युब च्यानल छ । त्यसबाट पनि राम्रो रोयल्टी आइरहेको छ । विदेशमा हुने कन्सर्ट र नेपालमै हुने मेला महोत्सवहरुमा पनि राम्रो सम्भावना छ । पहिलो लोकगायकलाई २ हजार २५ सय दिए हुन्छ भन्ने जुन मानसिकता थियो, अहिले त्यो छैन । लोकगीतको डिमान्ड बढ्दो रुपमा गइरहेको छ । तपाईं जुनसुकै देश गए पनि त्यहाँ लोक गायक/गायिका नभएको टिम नै हुँदैन । क्यासेट बिक्री जिरो भए पनि तीजमा मेरो ५/६ हजार बिक्छ । विदेशमा कन्सर्टहरुमा जाँदा पुस सेलिङ गरेर लगानी उठाउने गरिरहेकी छु ।
तपाईंले लोक गीत पनि गाउनुहुन्छ, आधुनिक पनि गाउनुहुन्छ । कुनमा सहज महसुस हुन्छ ?
धेरै म तीजको गीतमा इन्जोय गर्छु । दिदीबहिनीहरुले 'तीज क्वीन' भनेर ट्याग पनि दिनुभएको छ । म अर्को जितका लागि अहिलेदेखि नै तयारी गर्छु । अर्को सालको लागि अहिले नै बेल्जियम र थाइल्याण्डबाट बुक भइसकेँ । मलाई तीजको समयमा गाउँदा एकदमै गर्वको महसुस हुन्छ । किनभने, त्यो बेला एकदमै धेरै दिदीबहिनीको माया पाइन्छ । विदेशमा पनि तीन/चार सय दिदीबहिनी हुन्छन् । नहुने एउटा सानो कम्युनिटीमा पनि तीजको जति भव्य अरु समयमा प्रायः कम हुन्छ । कतारमा १०/१२ हजार दर्शकहरुमाझ स्टेडियममा पर्फमेन्स दिँदा लोकगीतले नै धेरै उफार्छ जस्तो लाग्छ । सबै प्रकारका गीतहरु गाउनलाई कन्फर्टेबल नै हुन्छ तर स्टेजमा डान्सिङ नम्बर गाउन नै कन्फर्टेबल हुन्छ । अहिले सुन्ने भन्दा पनि नाच्ने टाइपको माहोल छ । त्यसैले त्यस्तो खालको गीतहरु गाउन मलाई बढी मन पर्छ ।
पछिल्लो समयमा लोकगीतको दुनियाँमा पनि उट्पटयाङ टाइपका गीत बढी चल्छन् भनिन्छ नि, हो ?
त्यो चाहिँ बिल्कुलै गलत हो । केही समुदायलाई केही समयसम्म त्यसले आकषिर्त गर्ला तर त्यो क्षणिक मात्रै हुन्छ । लङ लास्टिङ हुँदैन । पारिवारिक वातावरणमा त्यसले स्थान पाउँदैन । मेरो गीतमा चाहिँ त्यस्ता उच्छृङ्खल खालका शब्दहरु छैनन् । म शब्द चयनमा एकदम ध्यान दिन्छु ।
गीत चल्नका लागि उच्छृङ्खल र उटपट्याङ शब्द राख्नुपर्छ भन्ने मान्दिनँ किनभने मेरो सन्दर्भमा त्यो लागू भएको छैन । मेरो पहिलो गीतमा पनि एकदम टिपिकल खालका शब्दहरु थिएँ । अहिलेसम्म पनि मैले त्यसको राम्रो प्रतिक्रिया पाइरहेकी छु । यस वर्षको मेरो तीज गीतले पनि उत्कृष्ट तीज गीतको अवार्ड पायो । मेरो रोयला गीत पनि विन्दवासिनी म्युजिक अवार्डमा नोमिनेशनमा परेको छ । त्यसमा शब्दहरु एकदम टिपिकल खालका छन् ।
तपाईं भाग्यमा पनि विश्वास गर्नुहुन्छ ?
म चाहिँ आफूलाई भाग्मानी ठान्छु । दुई तीन दशकसम्म स्ट्रगल गरेर, एकदम राम्रो राम्रो आवाज र ट्यालेन्ट भएका व्यक्तिहरु पनि पछाडि परिरहनु भएको छ । उहाँहरुले उचित प्लेटर्फम पाइरहनुभएको छैन । तर, मैले जब फस्ट एल्बम निकालेँ, त्यो नै एकदम हिट भयो । त्यो बेला म एफएममा पनि कार्यक्रम चलाउँथे । ट्राइ गरौैँ भनेर एल्बम निकालेको त मेरो गीत रातारात हिट भयो । मलाई रातारात सेलिबि्रटी बनायो मेरो एल्बमले । यो किसिमले म आफूलाई भाग्यमानी ठान्छु कि त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । मलाई फलो गर्ने फ्यानहरु ६ लाख २१ हजार पुगिसकेका छन् । फेसबुक पेज पनि भेरिफाइड छ । छोटो समयमा यति धेरै दर्शक/स्रोताको माया पाउनु मेरो भाग्य हो । म यसमा लागेको ११ वर्ष भयो । मैले सफलता नै पाइरहेकी छु । झन् बढी बढी माया पाइरहेकी छु ।
गायनमा कसरी तानिनुभयो ? मलाई अलिकति बताइदिनुस् न ?
सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएँ । उतै पढेँ । स्कुलमा कोर्स अफ स्टडीमा नै अरुणा लामाको गीत पढ्नुपथ्र्यो । म अरुणा लामाको फ्यान हो । मलाई उहाँको सबै गीतहरु आउँछ । दाइ (लोकगायक घमेश दुलाल) त्यतिबेला एकदमै चर्चित हुनुहुन्थ्यो । दाइको अनि सिन्धु मल्लको गीत सुनिन्थ्यो । मलाई टिचर बन्छु भन्ने पनि थियो । गायिका बन्ने त मेरो इच्छा थियो नै । स्कुलमा पनि पहिलो-दोस्रो हुन्थे । एकदमै राम्रो नाच्थेँ पनि । घरमा सांगीतिक वातावरण पनि भयो । त्यसपछि एफएममा र पछि एनटीभीमा सुसेली कार्यक्रम चलाएँ । 'चेलीको माइतीघर' भन्ने पहिलो एल्बम पनि एकदम राम्रो भयो । त्यसपछि गायनतिर मोडिएँ ।
त्यो एल्बम तपाईंले ट्रायलका रुपमा निकाल्छु भनेर सोच्नुभएको थियो । सफलताका लागि अपेक्षा गर्नुभएको थिएन ?
मान्छे कुनै पनि क्षेत्रमा पहिलो प्रयास गर्दाखेरि एकदम ठूलो अपेक्षा कसैले गरेको हुँदैन । एउटा व्यापारीले पनि आउँछ वा जान्छ भनेर व्यापारमा इन्भेस्ट गरेको हुन्छ । मैले पनि ठीक छ पहिलो एल्बम निकालेर एकपटक हेरौं कस्तो प्रतिक्रिया आउँछ अनि अर्कोमा अझ राम्रो गरौँला भनेर सोचेकी थिएँ । तर पहिलो एल्बम नै एकदमै राम्रो भयो । त्यसपछि मेरो गायनमै लगाव बढ्यो ।
कलेजमा के पढ्नुभयो ?
कलेजमा पनि मैले म्युजिक नै लिएर पढें । धनबहादुर गोपाली सरले हामीलाई क्लासिकल सिकाउनुहुन्थ्यो । लोकमा चाहिँ दीपक जंगम सर मेरो गुरु । साधनामा प्रकाश गुरुङ सरसँग पनि दुई वर्ष जति सिकेँ । संगीता राना म्यामसँग झण्डै एक वर्ष सिकेँ । त्यसपछि देशविदेशबाट निम्तो आउन थाल्यो । निरन्तरता दिन सकिएन ।
पहिलो विदेश भ्रमण कहाँ जानुभयो ?
सिंगापुर गएँ । दोस्रो भ्रमण कतार भयो ।
सिंगापुरको भ्रमण कस्तो रहृयो ?
आर्मी क्याम्पमा । सिंगापुर पुलिसकोमा त झन् लोकगीतका पारखीहरु हुुनुहुन्थ्यो । त्यहाँको बसाई यति अविष्मरणीय भयो कि मलाई अझै रमाइलो लाग्छ, सम्झँदा ! दशैंको टाइममा गएकाले उतै दशै मनायौं । घरको अभाव पनि महसुस हुन दिनु भएन । उहाँहरु धेरै जनाका फ्यामिलहरु नै उतै भएकाले नेपालमै छुजस्तो फिल भयो ।
अहिले संगीत बजारमा लोकसंगीतको स्थान कहाँ छ जस्तो लाग्छ ?
लोक संगीतको स्थान एक नम्बरमै छ । चाहे आधुनिक होस् चाहे फिल्मी होस् वा चाहे पप होस् । लोक फ्लेवर मिक्स भएका गीतहरु मात्रै हरेकका जनजिब्रोमा झुण्डिएको अवस्था छ । लोकगीत भनेको संगीतको आधार पनि हो ।
लोक गायनको क्षेत्रमा तपाईंको स्थान चाहिँ कहाँ छ जस्तो लाग्छ ?
मेरो स्थान मैले छुट्टयाउने होइन । त्यो मेरा दर्शक/स्रोताले दिने हो । उहाँहरुलाई सुनीता दुलाल कुन स्थानमा छ भनेर सोध्नुभयो भने उहाँले नै मेरो स्थान दिनुहोला । म बामे सरिरहेकी छु । यसैगरी साथ दिनुभयो भने मैले निकै धेरै गर्नुछ । म दर्शक/स्रोताको माया पाएकी र केही केही अलिकति सफल भएकी गायिका जस्तो लाग्छ मलाई । मेरो स्थान एक नम्बरमै छ भनेर म भन्दिनँ ।
लोकगायन क्षेत्रमा आफूले बिताएका ११ वर्षलाई कसरी लिनुहुन्छ ?
म यो क्षेत्रमा आउने बेलामा एकदम प्रतिस्पर्धा थियो । त्यतिबेला बिमा दिदी -बिमाकुमारी दुरा), लक्ष्मी न्यौपाने दिदी, शर्मिला दिदी, सिन्धु मल्ल दिदी स्टार हुनुहुन्थ्यो । दर्शकले मेरो गीत रुचाउनुहोला त भन्ने अवस्था थियो । फरक धारतिर म गएछु किनकि तीजलाई मैले समातेछु । अहिले तीज र सुनिता दुलाल पर्यायवाची भनेर भन्नु हुन्छ । त्यसका कारण एक वर्षअघिदेनि नै तीजका लागि वर्कआउट गर्छु । तीजमा के दिने होला भनेर वर्षैभरि सोचिरहेकी हुन्छु । अहिले भन्दा ७/८ वर्ष अगाडिको सांगीतिक माहोल र अहिलेको माहोलमा एकदमै विकसित छ । पहिलो गाउँमा मात्र लोकगीत सीमित थियो भने आज आएर शहर, बजार र विदेशमा झन् लोकगीत मन नपराउने मान्छे सायद कमै होला । अस्ति मात्र बाल्टिमोरमा प्रोगाम गर्दाखेरी म गीत गाएर आए । फेरि पनि उहाँहरुले एकदमै रिक्वेस्ट गर्नुभयो । मैले दोहोर्याएर पनि झम्के फूली गाउनुपर्यो । लोकगायक पनि धेरै माथिल्लो स्तरमा आउनु भएको छ । कलाकारहरु पनि स्तरीय आउनुभएको छ ।
आधुनिक र पप गीतले लोकगीतलाई किनारामा पारेको गुनासो पनि यदाकदा सुनिन्छ नि ?
किनार भनेर भन्न मिल्दैन । हरेक विधाको आ-आफ्नै फ्यान हुन्छन् । पप र आधुनिकको फ्यानले पनि लोकगीत मन पराउँछन् तर लोकगीतको फ्यानले बरु पप गीत नसुन्लान् । आस्था राउत, विश्व नेपाली, हेमन्त राना, धर्मेन्द्र सेवान लगायतका राम्रा राम्रा गायक आउनुभएको छ । उहाँहरुले त धेरै माथि पुर्याइरहनुभएको छ । लोकगीतको स्तर कहिल्यै घट्दैन । बरु, फिल्टर होला, राम्रा गीतहरु चल्लान् अनि नराम्रा गीतहरु नचल्लान् । यसको मार्केट चाहिँ कहिल्यै खस्किदैन ।
एउटा गायिकाको नजरमा संगीत के हो ?
संगीत भनेको मानिसको अभिन्न अंग हो । संगीत मन नपर्ने कोही नहोला ! जीवजन्तुलाई पनि संगीत मनपर्छ । संगीत बिनाको जीवन अधुरो छ । यो सुखदुःखको साथी हो ।
आफ्नो गायकी निर्माण गर्न तपाईंले कति साधना गर्नुभयो ?
पहिलेदेखि नै म एकदम गाउँथे । साधना कला केन्द्रमा सिकेँ । प्रत्येक दिनजसो प्रोग्राम भइरहेको हुन्छ । दिनमा ८/१० वटा गीत गाइन्छ । त्यो रियाजजस्तै पनि हुन्छ । घरमा पनि टाइम मिलेका बेलामा रियाज गर्छु । मेहनेत धेरै गरे पनि दुःख धेरै गर्नु परेन । म एकदमै मेहनेती पनि थिएँ । स्कुल पढाउँथे । एफएम जान्थेँ । टिभी प्रोग्राम गर्थें । यता एल्बमलाई पनि टाइम दिन्थेँ । अहिले मेरो आफ्नै कम्पनी पनि छ, कमलादी डिजिटल । यसले एल्बम उत्पादन र वितरण गर्छ । मेरो युट्युब च्यानलका लागि पनि कामहरु गरिरा'छु ।
सेलिब्रेटी र सामान्य लाइफमा के फरक हुँदोरहेछ ?
पर्सनल लाइफ हुँदैन सेलिब्रेटी भइसकेपछि । हरेक कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । सेलिब्रेटी भएपछि आफ्नो दायरामा बस्नुपर्छ । त्यसैले यो कुरा अलि गाह्रो छ । नर्मल्ली रेस्प्याक्ट राम्रो पाइन्छ ।
तपाईंको भावि सपना ?
मेरो भावि सपना त्यति ठूलो छैन । जुन ठाउँमा पुग्नुपथ्र्यो त्यो ठाउँमा म पुगिसकेँ । मैले यो भन्दा पनि बढी माया खोजेँ भने दर्शक स्रोताले मलाई दिनुहुन्न अब । मैले नसोचेको धेरै माया पाइसकेकी छु । यही माया मैले पाइरहँे भने यहाँ तल मात्र आउन नपर्यो भने यही स्थान नै मेरो लागि काफी छ । मैले धेरै गर्नुछ । चाँडै राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीतकार सुरेश अधिकारी र मैले गाउँदैछौं । गीत छ, 'घाम लाग्यो महाकालीतिर बोकेर मेचीको सन्देश सुनाउँदैं विश्वभरि खबर नेपाल यो कति राम्रो देश' । यस्तै राष्ट्रिय भाव र विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेर बनाइएको यो गीत एकदमै राम्रो छ । यो गीत दर्शक/स्रोताले एकदमै रुचाउनुहुन्छ भन्ने लाग्छ । यो गीतले सबैलाई नेपालको याद दिलाउनेछ । पछिल्लो समयमा एकदमै बिजी भइरहेकी छु । त्यसैले एल्बम ल्याउन ढिला भइरहेको छ । त्यही पनि वर्षमा एउटा दोहोरी र एउटा तीज गीत भने ल्याइरहेकी छु ।
फेसबुकमा ६ लाख भन्दा बढी फ्यानहरु छन् । तीमध्ये क्रेजी फ्यानहरु पनि फेस गर्नुभयो होला ?
मेरो सबै फ्यान क्रेजी हुनुहुन्छ । मेरो किनेको र फेक फ्यानहरु कोही छैनन् । १०/२० लाख पुग्नु मात्र ठूलो कुरा होइन । त्यो फ्यानले आफूलाई कति फलो गरिरहेको छ भन्ने मुख्य कुरा हो । दैनिक थाउजेण्डभन्दा बढी म्यासेज आउँछ । त्यसलाई फिल्टर गर्न एकदम गाह्रो हुन्छ । त्यसको व्यवस्थापनका लागि मैले एक जना बहिनी पनि राखेकी छु । म्यासेजमा कतिले गीत राम्रो भनेर म्यासेज र भ्वाइस म्यासेज पठाइरहनु भएको हुन्छ । विवाहको प्रस्ताव पनि धेरै आउँछन् । सकेसम्म म रेस्पोन्स दिन्छु । प्रोग्राम कन्ट्याक्टहरु पनि म फेसबुकबाटै गर्छु । अस्टे्रलिया जाने कन्ट्रयाक पनि फ्यान पेजबाटै आएको हो । मलाई धेरै कन्ट्याक्ट फ्यान पेज र बेवसाइटबाट आउँछ ।
भनेपछि, प्रविधिको सदुपयोग गर्यो भने एकदमै फाइदा रहेछ ?
एकदमै फाइदा छ । ८ वर्षभन्दा बढी समय भयो मैले वेवसाइट र फ्यान पेजबाटै कन्ट्याक्ट लिने गरेको । जेनयुन आयोजकलाई म त्यहीँबाट नम्बर सेयर गर्छु । मलाई एकदम फाइदा भइरा'छ । युट्युब च्यानलबाट धेरै फ्यानहरुले मेरो भिडियो हेर्दिराख्नु भा'छ । सेयर गर्दिराख्नु भा'छ ।
सामाजिक सञ्जालमा कति टाइम बिताउनुहुन्छ ?
म त २४ घण्टा नै अनलाइन हुन्छु विदेशमा होस वा नेपालमा । कहिलेकाही एकदम महत्वपूर्ण म्यासेजहरु आइरहेको हुन्छ । गाडीमा हिँड्दा आफूले ड्राइभ नगरेका बेला पनि फेसबुकमा हुन्छु । गाडीमा ल्यापटप लिएर हिँड्छु । दिनमा दुई तीन घण्टा फेसबुक र इमेललाई टाइम छुट्टयाउँछु ।
बिहे पनि गर्ने बेला भयो नि है ?
बेला हुँदैछ । (हास्तै)
तपाईं त पपुलर सेलिब्रेटी, अहिले नै बिहे गर्ने कि अलि पछि ?
म पढ्दा पनि जम्प गरेर पढेको । म कलेज सुरु गर्दादेखि नै यो फिल्डमा लागेँ । उमेरकै हिसाबले ल एकदमै बित्यो भन्ने छैन । छोरी मान्छेको एउटा टाइम पिरियड बितेपछि गाह्रो हुन्छ । त्यो चाहिँ मेरो घर्किसकेको छैन । मेरो क्रेज घट्ला भनेर बिहे नगरेको चाहिँ होइन । मैले करियरलाई नै फोकस दिएर गीत संगीतलाई नै अगाडि बढाइरा'थे । फ्यानहरु एकदमै राम्रो केटासँग बिहे गरेको देख्न चाहन्छौँ भनेर लामो लामो म्यासेज लेखेर पठाउनु हुन्छ । उहाँहरुले बिहेका बारेमा थुप्रै सुझावहरु पठाउनुहुन्छ । घरपरिवारमा पनि बाक्लो रुपमा कुराहरु आइरा'छ । अब आएका प्रस्तावलाई सोच्नुपर्ने बेला आएको छ ।
ती प्रस्तावहरुमध्ये केही मन खाएका पनि थिए होलान् ? कसरी छाड्नुभयो ?
अब राम्रो प्रस्ताव आयो भने त्यसलाई विवाहमा परिणत गर्ने सोचमा छु । मलाई प्रस्ताव गर्दा हुन्छ भनेर अस्टे्रलियाबासीलाई पनि भन्न चाहन्छु । त्यतिबेला मैले ओके भनेको भए रिग्रेट हुनुपर्ने खालका प्रस्ताव पनि थिएनन् । राम्रै हुन्थ्यो मेरो लाइफ तर त्यतातिर सोचिएन । सिंगल र आफ्टर म्यारिड रेस्पोन्सीबिलिटी धेरै थपिन्छ ।
यत्रो उमेरसम्म प्रेम भएन ?
प्रेम भन्ने कुरा धेरै तरिकाले परिभाषित गर्न सकिन्छ । फ्यानहरु धेरै छन् । मलाई पनि उहाँहरुले प्रेम गर्नुहुन्छ/म पनि प्रेम गर्छु । आफूलाई एकदमै मनपर्ने मान्छे भेट्टाएर अहिलेसम्म ब्याइप|mेण्ड चाहिँ बनाइनँ । मन पराउने हजार थिए । अहिले पनि छन् । तर, मैले नै चाहिनँ । अहिले करिअर नै फोकस गर्छु भनेर अगाडि बढेँ ।
मन परेको त कोही त हुनुपर्छ ?
मन पराउने धेरै थिए । मलाई पनि मन पथ्र्यो तर त्यो तरिकाले हेर्थिनँ । धेरै जनाले तपाईं एकदमै राम्रो हुनुहुन्छ भनेर प्रतिक्रिया दिनुभयो । म तपाईंसँग बिहे गर्न कुर्छु पनि भन्ने कुरा पनि हुन्थ्यो । तर, मैले मेरा लागि वेट नगर्नुस् भनेँ किनभने मान्छेको मन न हो, समय बितेपछि उहाँभन्दा अझै बेटर भेटिएला वा म भन्दा उहाँले वेटर पनि भेटन सक्नुहुन्छ । मिस अन्डरस्ट्यान्डिङ हुनुभन्दा आ-आफ्नो बाटो लागेको सबैभन्दा राम्रो हुन्छ ।
सुन्दर पनि हुनुहुन्छ ? स्कुल कलेजमा लभ लेटर लेख्नेहरु पनि थिए होलान् नि ?
त्यो त कुरै छाड्नु न ! एउटा एकदमै राम्रो पढ्ने केटाले एउटा डायरी नै दिएको थियो । राम्रो अक्षरमा सायरी र कविता लेखिएको । त्यसमा सँगसँगै लभलेटर पनि थियो । त्यो डायरी अहिले पनि मसँग घरमा छ । भित्र लेखेको भन्दा पनि मलाई डायरी मन परेकोले राखेकी छु । ऊ अहिले अस्टे्रलियामै छ । सायद उसको बिहे भइसक्यो होला तर उसलाई मैले रिप्लाइ गरिनँ । एसएलसीका बेला उसले दिएको थियो । एसएलसी सकिएपछि म काठमाडौं आएँ, काठमाडौंमा । यहाँ आएर टिचिङमा लागेँ । त्यसपछि ऊसँग मेरो भेटै भएन ।
फुर्सदको समय के गरेर बिताउनु हुन्छ ?
फुर्सदको समय सपिङमा जान्छु । मलाई सपिङ एकदमै मन पर्छ । दाजुका छोराछोरीलाई घुमाउन पनि लान्छु । एकदमै व्यस्त हुने भएकाले घरमै रेस्ट गर्न पनि मन पर्छ । टेलिभिजन हेर्छु । किताब पढ्छु । गीत र एफएम सुन्छु ।
पछिल्लो समयमा के-के किताब पढ्नुभयो ?
मैले हरिवंश आचार्य दाइको चिना हराएको मान्छे पढेँ । विजयकुमार खुसी पनि पढें ।
लामो ट्राभलको बेला के गर्नुहुन्छ ?
म प्लेनमा किताब पढ्छु । मलाई मुभी हेर्न मन लाग्दैन । प्लेनमा एकदम धेरै निन्द्रा लाग्छ । सुत्छु ।
तपाईंले गाउनुभएको सबैभन्दा पहिलो गीत कुन थियो ?
'चेलीको माइतीघर' । २०५९/०६० सालतिर हो ।
तपाईंलाई मन परेका आफ्ना कुनै पाँच गीत ?
'अब त मैले नि झुम्का लगाउँछु..' एकदमै मन परेको गीत । 'उनको लागि ब्रत बसेको,' 'मेरै दिलमा फुल्यौ निरमाया', 'अल्ली फरक भाकी छु यसपालि' र 'फुलबुट्टे सारी ।'
पहिरनमा कत्तिको ध्यान दिनुहुन्छ ?
एकदमै ध्यान दिनुहुन्छ । सकभर स्टेजमा पहिरन नदोहारियोस् जस्तो लाग्छ । डिजाइनिङ साडीहरु रिपिट हुन्छ । नर्मल साडीहरु भने म रिपिट गर्दिनँ । धेरै दिदीबहिनीले साडीमा एकदम सुहाउँछ भन्नुहुन्छ । केटा फ्यानहरुले पनि त्यस्तै प्रतिक्रिया दिनुहुन्छ । साडी चाहिँ मेरो फेबरेट नै हो । स्टेजमा जाँदा साडीमा एकदम कन्फर्टेबल फिल गर्छु । त्यसैले हरेक कार्यक्रममा साडी नै लगाउँछु । छोरी मान्छेलाई साडीमा पर्सनालिटी पनि राम्रो देखिन्छजस्तो लाग्छ । विदेशमा रहँदा पनि लुगाफाटोहरु सपिङ गर्छु । अनि, घडि, ब्याग लगायतका चिजहरु पनि किन्छु ।
तपाईं यति राम्री देखिनुहुन्छ, फिल्म खेल्न अफर आउँदैन ?
मलाई रुचि नै नभएको फिल्ड हो । म जे छु, त्यसमा एकदम ठीक छु । इमेजमा उकाली/ओराली कार्यक्रम गरेँ । झण्डै चार/पाँच वर्ष त्यसले मेरो लोकपि्रयता बढाउन टेवा पुर्यायो । मलाई कार्यक्रम सञ्चालिका र गायिका भनेर जसरी चिन्नुभएको छ, यो नै मेरा लागि इनफ छ । हिरोइन बन्न मन छैन । अफर त धेरै आएका थिए । म नै छक्क परेँ । मलाई किन यसरी प्रस्ताव गर्नुभयो होला भनेर । हिरोइन बन्नु मात्र ठूलो कुरा होइन, क्वालिटी पनि हुनुपर्छ । त्यो क्वालिटी ममा छैन । जुन कुरामा कन्पिmडेन्ट छैन, त्यो काम गर्यो भने अगाडि बढ्न पनि सकिदैंन ।
प्रेरणाको स्रोत ?
अरुणा लामा । उहाँबाट नै म प्रभावित भएकी हुँ । यसबाहेक बुवाआमा र दिदीहरु ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !