Headlines News :
>
Home » » मलेसियाबाट १६६ जनाको शव नेपाल पठाइयो, ५ हजार ७ सय ५५ को उद्धार

मलेसियाबाट १६६ जनाको शव नेपाल पठाइयो, ५ हजार ७ सय ५५ को उद्धार

Written By Unknown on Friday, 21 November 2014 | 01:20

मंसिर, क्वालालम्पुर । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका सैयौं नेपालीहरुको शवमात्रै फिर्ता जाने गरेको छ ।

पछिल्लो चार महिनाको अवधिमा एक सय ६६ जना नेपालीको शव नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ । रोजगारीको शिलशिलामा यहाँ आएका नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गरेको छ । मृतकको परिवारलाई क्षतिपूर्ति तथा दुर्घटना विमा उपलब्ध गराउनको लागि पहल भइरहेको बताइएको छ ।

५ हजार ७ सय ५५ नेपालीको उद्धार
नेपाली दूतावास मलेसियाले चार महिनाको अवधिमा ५ हजार ७ सय ५५ अवैधानिक अवस्थामा रहेका नेपालीहरुको उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।
जुलाईदेखि अगष्ट सम्मका ३ हजार २ सय र मलेसिया सरकारले दिएको आममाफीको अवसर पारेर मलेसियामा कार्यरत कोपरासी इम्रिगेसनसँगको समन्वयमा थप अरुलाई उद्धार गर्न सफल भएको हो ।

यसैगरी जेल तथा डिटेन्सन क्याम्पमा रहेका ७६४ जना नेपालीहरुको उद्धार गरेको छ । दूतावासले पहिलो चौमासिक विवरण सार्वजनिक गर्दै अझै पनि विभिन्न कारणले जेल परेका तथा अवैधानिक अवस्थामा रहेकाले पक्राउ परि जेलमा रहेको नेपालीहरु ३२२ तथा डिटेन्सन क्याम्पमा २३७ जना रहेको जानकारी दूतावासलाई प्राप्त भएको जनाइएको छ ।

यसैवीच, दूतावासले जेलमा रहेकाहरुको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ब्यक्ति तथा संघ संस्थाले दिएको टिकटवाट जेलमा रहेका ८३ जनालाई निःशुल्क रुपमा नेपाल फिर्ता पठाएको जनाएको छ ।

१७ वर्ष जेल सजायँ भोगेका तामाङलाई एकतर्फी यात्रा अनुमतिपत्र
लागू पदार्थ वेचविखन तथा ओसरपसारको अपराधमा दोषी ठहर भई विगत १७ वर्षसम्म इण्डोनेशियाको जेलमा सजायँ अवधि पुरा गरेका सत्यदेवी ५ धादिङका वुधे तामाङलाई एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेको जनाएको छ । विभिन्न रोजगार कम्पनीहरुले पेश गरेका १६४२ मागपत्रहरु प्रमाणित भैसकेको उल्लेख गरिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar