Headlines News :
>
Home » » १९ वर्षीया युवती हुँ मैले पुरानो केटा साथीसग सम्पर्क गरे.. श्रीमानलाई थाहा हुन्छ कि हुदैन ? यौन जिज्ञाशा

१९ वर्षीया युवती हुँ मैले पुरानो केटा साथीसग सम्पर्क गरे.. श्रीमानलाई थाहा हुन्छ कि हुदैन ? यौन जिज्ञाशा

Written By Unknown on Wednesday, 19 November 2014 | 03:38

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ? केटा साथीसँगको यौनसम्पर्क तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन। सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ। किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ। यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला।

यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस ९हार्मोन० हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक ९मानसिक० परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।

समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं। तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने रु कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ। परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।

विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान्?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै(कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ।

कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे(नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन।–डा। राजेन्द्र
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar