Headlines News :
>
Home » » यौन सम्पर्कलाई लम्ब्याउने उपाय

यौन सम्पर्कलाई लम्ब्याउने उपाय

Written By Unknown on Monday, 22 September 2014 | 21:28

एजेन्सी
स्खलन ढिलो हुने उपाय के होला ? शीघ्र स्खलन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन।
३० सेकेन्डमै वा एक मिनेटभन्दा म समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ।
यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ। शीघ्र स्खलन र Performance Anxiety को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो।
यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कल शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।
यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने।
केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने। कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याीउँछ। मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्याकउने।
वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने।
आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलमय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने।
वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar