भदौ-२४, काठमाडौं ।
थाइल्यान्डमा बस्दै आएका पूर्वयुवराज पारस
शाह पछिल्ला केही दिनमा फेसबुकमा निकै समय बिताउन थालेका छन् । स्टाटस
अपडेट गर्ने,फोटो–भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरुको जवाफ दिनसमेत
पछि परेका छैनन् । शनिबार उनले एकैदिन २७ वटा पोष्ट गरेका थिए ।
पारस शाहको नाममा रहेको उनको एकाउन्टमा
झन्डै चार हजार साथीहरु छन् । थुप्रैल कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन
गरेको देखिन्छ । प्रायः कमेन्टहरुमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न
आग्रह गरिएको छ । कमेन्टको जवाफ दिँदै पारसले अर्को महिना नेपाल आउने
उल्लेख गरेका छन् ।
पारसको वालमा शिशिर तिवारी लेख्छन्,‘सरकार
मेरो अन्तिम स्वास रहुन्जेल हजुरको सेवक बनी हरदम साथमा रहनेछु । स्वयंलाई
एक्लो नवनाइबक्सोस् । नेपाली जनता राजपरिवारको साथमा छन् ।’
रोशन बास्तोलाले लेखेका छन्,‘मानिस जन्मले
भन्दा आफ्नो कर्मले परिणाम भोग्छ । जीवन सत्मार्गमा अघि बढाए मात्र सार्थक
हुन्छ । आफुले विराएको छैन भने डराउनु पर्दैन । तर आफ्नो चाकडी गर्नेहरुको
घेराबाट माथि उठेर रचनात्मक मार्गदर्शन गर्ने आफ्नो परिवार,अभिभावक र
निर्धक्क स्वार्थरहित सल्लाह दिने शुभचिन्तकलाई पहिचान गरी जीवनलाई उर्जा
दिन सकेमात्र जीवनको सौन्दर्य पाप्त हुन्छ ।’ नयाँ पत्रिका


0 comments:
Speak up your mind
Tell us what you're thinking... !