काठमाडौं-खेल सकिन केही
सेकेन्ड मात्र बाँकी थियो।
नेपाललाई ०–१ ले
पछि पार्दै पाकिस्तान जितको
एकदमै नजिक पुगिसकेको थियो।
घरेलु मैदानमै राष्ट्रिय टोली
पछारिने अवस्थाले दर्शक निराशामा डुबेका
थिए। कति त
धमाधम दशरथ रंगशालाबाट बाहिरिँदै थिए।
अन्तिम केही सेकेन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रूपरेखा नै फेरिदियो।

वैकल्पिक खेलाडीका रूपमा
भित्रिएका जर्सी नम्बर २५
का एक युवा
खेलाडीले घिटिघिटीको अवस्थामा गोल ठोकिदिएर नेपाली
टोलीको प्राण जोगाइदिए। पराजयको हतासाले सामसुम्म भइसकेका दर्शकमा अकस्मात सास
भरियो।
गोल गरेर खेल बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर आफ्नो खिरिलो नांगो ज्यान देखाउँदै मैदानमा कुदे। दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो।
विमल ... विमल ... विमल...

र, नेपाललाई साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुर्याँउन सफल भए।
त्यसयता नेपाली फुटबलमा नयाँनयाँ कीर्तिमान बनाउँदै ‘युवा वर्ष खेलाडी' बाट सम्मानित विमलको चर्चा युरोपेली क्लब ‘एन्डरलेक' को युवा टोलीमा अनुबन्धित भएपछि झनै चुलियो। कम समयमै लोकप्रियताको सिँढी चढ्दै गरेका विमलले अर्को ख्याति कमाएका छन्, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेबसाइट (फिफा डट कम) मा आफ्नो उपस्थिति जनाएर।
फिफाले विमलको खेलकौशल र लोकप्रियताको पहिचान गर्दै मंगलबार उनको कथालाई आवरण बनाएको थियो, जसमा उनको उदाउँदो करिअरबारे वर्णन गरिएको छ।
एक वर्षअघि काठमाडौंमा विमललाई चिनाएको साफ
च्याम्पियनसिपको
त्यही क्षण वर्णन
गर्दै फिफाले भनेको
छ, ‘सेप्टेम्बर २०१३
मा भएको साफ
च्याम्पियनसिपका
लागि पहिलोपटक राष्ट्रिय टोलीमा
छानिएका विमलले आफ्नो दोस्रो
खेलमै जादु देखाए।
पाकिस्तानविरुद्ध
अन्तिम समयमा गोल
गरेर स्कोरबोर्डलाई १–१ को बराबरीमा रोक्न
उनी सफल भए।
यसले नेपाल समूह
विजेता बन्दै सेमिफाइनलमा पुग्यो।'
‘मलाई सपनाजस्तै लागेको थियो, जब मैले पहिलो अन्तर्राष्ट्रिय गोल गरेँ,' विमललाई उद्धृत गर्दै फिफा डटकम लेख्छ, ‘म आफैंलाई सोधिरहेको थिएँ, के मैले वास्तवमै गोल गरेको हुँ?'
‘पहिलो खेलमा मैदानमा प्रवेश गर्दा मलाई निकै संकोच लागेको थियो। म पहिलो खेलमै गोल गर्न चाहन्थेँ। जब किपरको हातमा ठोक्किएर बल म भएतर्फ आयो, मैले सट हानेँ, बलले जाली चुम्यो। मेरालागि त्यो ऐतिहासिक क्षण थियो,' विमलले एक वर्षअघिको पहिलो गोल सम्झँदै भनेका छन्।
फिफा वेबसाइटले विमललाई नेपालको अग्रपंक्तिका उदीयमान स्ट्राइकरका रूपमा परिभाषित गरेको छ। थाइल्यान्डमा तीन दिनअघि सकिएको एएफसी यु–१६ च्याम्पियनसिप क्रममा विदेशी प्रशिक्षकले समेत विमलको प्रशंसा गरेका थिए। त्यही सन्दर्भमा फिफा लेख्छ, ‘एएफसी यु–१६ च्याम्पियनसिपमा प्रायः सबै सहभागी राष्ट्र आफ्नो पहिचान स्थापित गर्न प्रतिस्पर्धा गरिरहेका थिए, विमल भने प्रतियोगिताअघि नै स्टारका रूपमा चिनिएका थिए।'
‘प्रतिभावान नेपाली अग्रपंक्तिका खेलाडी विमल बेल्जियन क्लब एन्डरलेकको यु–१९ टिमबाट व्यावसायिक फुटबल खेलेर अन्तर्राष्ट्रिय पहिचान र अनुभव बटुल्दै छन्। मात्र १६ वर्षकै उमेरमा उनले आफ्नो राष्ट्रिय टोलीको सबै उमेर समूहबाट खेलिसकेका छन्,' फिफा लेख्छ।
त्यतिबेला नेपालसँग पराजित भएपछि कुवेतका प्रशिक्षक इब्राहिम अल सामारीले भनेका थिए, ‘हाम्रोभन्दा नेपाली खेलाडी स्किलमा धेरै अगाडि रहेछन्। कप्तान विमलको खेल ज्यादै प्रभावकारी छ। उनको बलमा नियन्त्रण लिने र गोल गर्ने क्षमता राम्रो छ।' यो खेलमा नेपालले कुवेतलाई २–१ ले हराएको थियो। खेल १–१ को बराबरीमा रहेका बेला विमलले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाएका थिए।
फिफा वेबसाइटले विमललाई दक्षिण एसियाकै उदीयमान युवा खेलाडी पनि भनेको छ। विमलकै नेतृत्वमा नेपाल यु–१६ च्याम्पियनसिपको अन्तिम चरणका लागि छानिएको हो। दक्षिण एसियाबाट छनौट हुने नेपाल एक्लो टिम हो। डेढ साताअघि नेपालले यो च्याम्पियनसिप खेल्दै गर्दा कुवेती खेलाडी विमललाई पछ्याउँदै नेपाली टोली बसेको होटल इमराल्डको कोठासम्मै आइपुगेका थिए। उनीहरूले भनेका थिए, ‘हामी विमलसँग फोटो खिचाउन चाहन्छौं।'
यो च्याम्पियनसिपमा नेपालले साबिक विजेता उज्वेकिस्तानलाई १–१ को बराबरीमा रोक्नु र कुवेतलाई २–१ ले हराउनुबाहेक उल्लेखनीय नतिजा ल्याउन सकेन। नेपाल समूह चरणबाटै बाहिरियो। विमल भने फिफाको नजरमा पर्न सफल भए।
फिफा लेख्छ, ‘नेपाली टोली एएफसी यु–१६ च्याम्पियनसिपमा ‘डार्क हर्स' (जसलाई पनि हराउन सक्ने) बनेको थियो। समूह चरणबाटै बाहिरिए पनि नेपालको प्रदर्शन राम्रो रह्यो ... व्यक्तिगत तहमा विमल आफ्नो एसियाली समकक्षीभन्दा निकै अगाडि देखिन्छन्।'
फिफाले यही च्याम्पियनसिप क्रममै विमलको समाचार तयार पार्न एसियाली फुटबल महासंघ (एएफसी) लाई आग्रह गर्यो्। यसका निम्ति फिफाले केही प्रश्न पठाएको थियो, जसका आधारमा तयार पारिएको समाचार मंगलबार प्रसारण गरिएको हो।
‘फिफाका निम्ति चासोको विषय बन्छु भन्ने मैले सोचेकै थिइनँ,' गृहजिल्ला नवलपरासीमा रहेका विमलले नागरिकसँग भने, ‘मेरो लक्ष्य युरोपियन क्लबमा स्थान बनाउनु हो। यसले मलाई थप ऊर्जा दिएको छ।'
नेपालका युवा खेलाडीबारे फिफाजस्तो अन्तर्राष्ट्रिय संस्थाको वेबसाइटमा महत्वका साथ समाचार प्रकाशन हुनुलाई नेपाली फुटबल प्रशिक्षक सुनील श्रेष्ठ ‘गौरवको विषय' बताउँछन्।
‘यो दक्षिण एसियाकै लागि गर्वको कुरा हो,' यु–१६ राष्ट्रिय टोलीका सहायक प्रशिक्षक सुनीलले नागरिकसँग भने, ‘विमल एसियाकै प्रतिभावान खेलाडी हुन्। सानो उमेरमै राष्ट्रिय टोलीबाट गोल गरेर मात्र उनी चर्चित भएका होइनन्, युरोपमा पनि आफ्नो क्षमता देखाएर अहिलेको स्थानमा आइपुगेका हुन्।'

0 comments:
Speak up your mind
Tell us what you're thinking... !