Headlines News :
>
Home » » चरीको सुरुवात र अन्त्य यसरि भएको थियो (कहानी) !!

चरीको सुरुवात र अन्त्य यसरि भएको थियो (कहानी) !!

Written By Unknown on Monday, 22 September 2014 | 17:31


कसैको मृत्यु सुखद हैन। तर, मृतकको पृष्ठभुमीका कारण कुनै कुनै मृत्यु शोकरहित हुने रहेछ। यस्तै भयो दिनेश अधिकारी चरीको अन्त्य पनि।  भिमढुंगामा प्रहरी मुडभेडमा मारिएपछि ११ वर्षदेखी फैलिएको चरीको आपराधिक जालो च्यातियो । साच्चिकै प्रहरीले दावी गरेझै उनी मारिएका हुन् या एउटा आतंकको सफायाका लागी प्रहरीले कानुनी भाषा प्रयोग गरेको हो त्यो भोलीका दिनमा खुल्दै जालान्। बुधबारबाट पैसा दिने कि तह लगाइदिउँ भन्ने स्वरबाट एक तहका व्यापारीले मुक्ति भने पाएका छन्।

वास्तविक परिच दिनेश अधिकारी भएका उनी २०६० ताकाबाट चरीको उपनाम जोडिएर ठमेल र नयाँ बजार क्षेत्रमा उदाएका थिए यी युवक। कहिले दिपक मनाङगेको संगत त कहिले चक्रे मिलनको वरिपरी। यसैयसै गरी उनले सहजै धन कमाउने अनी आफ्नो प्रभाव बढाउने उपाय पहिल्याउँदै गए र ११ वर्षको अवधीमा उपत्यकामा कहलिएका गुन्डाको सूचीमा दरिए।

राजनीतिक दल, कानुन परिपालना गराउने सरकारी निकाय अनी रान्य संयन्त्रमा रहेका शक्तिकेन्द्रको सहयोगविना चरीको पखेटा यत्ति चाँडै पक्कै फैलिएको हैन। धादिगंतिरैहुँदा नेपाली काँग्रेसको छत्रछाँयामा रहेका उनी २०६४ पछि एमालेको टोकरीमा अटाए। युथफोर्सहुँदै एमालेमा प्रवेश गरेका उनको बायोडाटामा राजनीतिक भन्दा आपराधिक घटनामा संलग्नताकै बहुमत भए पनि उनी एमालेबाट धादिगं क्षेत्र नम्बर १ को क्षेत्रिय उपाध्यक्ष नै चुनिन सफल भए।

एमालेका प्रभावशाली नेताहरु खुल्लमखुल्ला रुपमा चरीको पक्षमा उभिन थाले। खाग तस्करीमा पक्राउ परुन् या ठेकेदारलाई धम्क्याएर ल्याएको २१ लाखको चेक सहित। कसैलाई गोली हानुन् या धम्क्याएर खर्च उठाउन। राजनीतक संरक्षणको प्रभावले उनका सबै कर्म सामान्य धरौटीमा छुट्ने सूचीमा पर्‍यो।

 खाग तस्करीबाट मुक्तीका लागी खागनै नक्कली बन्यो। अबैध हतियारको अभियोगमा धरौटी निस्कन कठिन हुने भए पनि त्यो अरुका हकमा मात्रैझै देखियो। चरीमाथी जस्तोसुकै अभियोग लागोस् धरौटी निस्कने बाहेकको अर्को दफा नै देखिएन कानुनमा। हत्या प्रयासमा ११ महिना कैद सायद अहिलेसम्म चरीले पाएको कठिन सजाय यही नै होला।
उनी २० वर्षकै हुँदा सुरक्षा संयन्त्रले भोली समाजका लागी चुनौती बनेर निस्कने युवकको छनक पाए पनि वास्ता नगर्दा १० वर्षमै चरी आतंक बनेको प्रष्टै छ। पटक पटक पक्राउपर्दा पनि धरौटीमा निस्कनुको पछाडि नेता विशेषको संरक्षण त थियो नै त्यसमा सुरक्षा संगठनका मध्ययम र उपल्लोतहका अधिकारीको संरक्षण पनि प्रष्टै देखिएको थियो। करिव ५ वर्ष अगाडि नयाँबजारमा पक्राउ परे पनि त्यसक्षेत्रका तत्कालीन कमान्डरलाई भ्यानमा मोटो नजराना बुझाएर मुक्ती पाएको रिर्पोट हेडक्वाटरसम्म पुग्दा समेत ती अधिकारी प्रहरी बर्दीमा ठाटिएको घटनाले समेत प्रहरी संगठनभित्र उनको प्रभाव र पकडको अहिलेसम्म पुष्टी भइरहेको छ।

राज्यको प्रभावशाली पदमा पुगेका हुन् अधिकारी हुन् या राजनीतिक दलका नेता र प्रहरी। उनीहरुको संरक्षण त्यो बेलासम्म मिल्छ जवसम्म राज्यका कानुन तोड्नेसँग उनीहरुलाई गलाउन सक्ने मसल र मनी हुन्छ।

जुवाको तल लागेर क्यासिनोमा पुग्नेहरुलाई लगानी गर्दागर्दै आर्थिक रुपमा कमजोर भएका अनी गुन्डाको संरक्षण भन्दै बदनामी बढेपछि संरक्षण पाउँदै आएकाहरुको हात झिकिएपछि पछिल्लो समय चरी कमजोर बने। जस्तोसुकै तान्डव मच्याए पनि आर्शिवाद दिने प्रहरी संगठनका टाइकुनहरु समेत अवकास पाउँदै गए।

यी सबै घटनाक्रमले पूर्पक्षका लागी थुनामा पुग्नुपर्ने अभियोग लाग्दा समेत धरौटी निकाल्ने क्षमता राख्ने चरी खुकुरी हानेर हत्या प्रयास गरेको अभियोगको घटना समेत मिलाउने हैसियत राखेनन्। केस अदालतमा पुगिसक्दा समेत उनी भागि–भागि हिडिरहेका थिए।
सबैतिरको छाता च्यातिएर कहिले काठमाडौं कहिले दिल्ली र गोवामा भौतारिइरहेका चरी बुधवार ५ वजे आखिर गोलिको सिकार भए। गोली पड्काउँदै प्रभाव बढाएका उनको यात्रा आखिर गोलीबाटै भयो।
यसरी २०७१ असोज साउन २१ गते बेलुका ५ वजे चरीको पखेटा मात्रै हैन जीवननै काटियो।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar