लोकगायिका ज्योति मगर भन्छिन्-
‘वक्षस्थल देखिएको’ भन्दै नेपाल टेलिभिजन
प्लसले रेकर्डेड अन्तर्वार्ता सेन्सर गरेपछि लोकदोहोरी गायिका ज्योति मगर
विवादमा तानिइन् । हिमालयन टेलिभिजनका लागि रेकर्डेड उनी गेस्ट रहेको
‘जोगेन्द्रके पान दुकान’ कार्यक्रम पनि पोसाककै कारण रोकियो । केही दिनअघि
एक अनलाइनका लागि गरेको उत्तेजक फोटोसुटका कारण अहिले पनि उनी चर्चामै छिन्
। भन्छिन्, ‘एनटिभीमा अन्तर्वार्ता दिँदा लगाएको पोसाक र अनलाइनका लागि
गरेको फोटोसुट सामान्य हो ।’
०००
ज्योतिले फेसबुक अकाउन्टमा अपलोड गरेका उनका पछिल्ला तस्बिरले पनि उनी छोटा लुगा मन पराउँछिन् भन्ने बुझ्न सकिन्छ । सेक्सी देखिन सक्दो कोसिस गर्छिन् । मिनिस्कट, गाउन, वानपिस उनको नियमित पोसाक हुन् । एनटिभीमा अन्तर्वार्ता दिँदा उनी गुन्युचोलीमा थिइन् । ‘वक्षस्थल देखिएको’ भन्दै प्रसारण रोकियो । ‘नेपाल टेलिभिजनप्रति मेरो बेग्लै सम्मान छ, त्यही भएर त्यस दिन गुन्युचोली लगाएर गएकी थिएँ,’ उनले भनिन्, ‘स्कट, गाउन, वानपिस त्यागेर गुन्युचोली लगाएर गएकी थिएँ, त्यही पनि विवादमा आयो ।’ आफ्नो चोलीको क्लिवेज ओपन भएको भने उनी स्वीकार गर्छिन् ।

‘चोलीको क्लिवेज ओपन हुँदा थोरै क्लिवेज
देखिएको थियो,’ उनी भन्छिन्, ‘तर, वक्षस्थल देखाएको थिएन । वक्षस्थल
देखाउनु र क्लिवेज देखिनु फरक कुरा हो ।’ आफ्नो पोसाकमाथि सेन्सर गर्ने
महिलाहरूले समेत पार्टीमा जाँदा क्लिवेज ओपन गर्ने उनको जिकिर छ । भन्छिन्,
‘सबैको डिजाइनर ब्लाउज हुन्छ, त्यही भएर पनि उहाँहरू, सरकारी निकायमा काम
गर्ने महिलाहरू पार्टीमा जाँदा क्लिवेज ओपन राख्नुहुन्छ ।’
०००
अन्तर्वार्ता रेकर्ड हुँदा क्यामेराले आफ्नो ओपन रहेको क्लिवेजमाथि ‘फोकस’ गरेको हुनुपर्ने ज्योतिको अनुमान छ । जसले क्लिवेज ओपनको भाग वक्षस्थलजस्तो देखियो । ‘सायद क्यामेराले फोकस गरेको हुनुपर्छ, मैले धेरैपटक त्यो पोसाकमा अन्तर्वार्ता दिएकी छु, कसैले केही भनेका थिएनन्, मेरो त त्यो एकदम एभरेज पोसाक हो । गुन्युचोली लगाउँदा आपत् हुन्छ भने अब म के लगाउँ ?’ उनले स्पष्टीकरण दिन खोजिन् ।

उनले वक्षस्थल देखिनु र क्लिवेज ओपन
हुनुको परिभाषासमेत दिइन् । ‘क्लिवेज भनेको देखिन–देखिन खोज्ने, तर नदेखिने
मात्र देखिनु हो । वक्षस्थल भनेको पूरै देखिनुलाई भन्छ’, उनले भनिन्,
‘क्लिवेजभित्र कसरी पस्यो क्यामेराको फोकस ?’
त्यस दिन अन्तर्वार्तामा सहभागी अरू
महिलाहरूले आफ्नो पोसाकको तारिफ गरेको पनि ज्योतिले सुनाइन् । ‘सिनियर
दिदीहरू हुनुहुन्थ्यो, उहाँहरूले राम्रो छ भन्नुभएको थियो, अन्तर्वार्ता
लिने शोभा त्रिपाठी, क्यामेराम्यानले पनि ड्रेसको बारेमा केही भनेका
थिएनन्,’ उनले भनिन् ।
०००
अन्तर्वार्ता रोकिँदा ज्योतिलाई कुनै तनाव नभए पनि त्यसको असर भने भोगिन् । वानपिसमा रेकर्ड गरेको हिमालयन टेलिभिजनको कार्यक्रम पनि रोकियो । ‘त्यस दिन नेपाली पोसाक नभएर गाउनमा थिएँ । अलिक ओपन नै थियो,’ उनले भनिन्, ‘त्यो कार्यक्रम पनि रोकियो, एनटिभीले प्रसारण रोकेकाले हिमालयनले पनि रोकेको रे ’

‘पान पसल’ कार्यक्रमका लागि प्रस्तोताले
‘जस्तो पोसाकमा आए पनि हुन्छ’ भनेर हिमालयन टिभीमा निम्त्याएका थिए । ‘मलाई
धेरैले सेक्सी भनेर चिन्ने भएकाले होला कार्यक्रम प्रस्तोता जोगेन्द्र
(शिवशंकरप्रसाद रिजाल) ले तिमी आफ्नै टाइपको ड्रेसअपमा आऊ भन्नुभएको थियो ।
तैपनि, म दुईवटा ड्रेस बोकेर गएकी थिएँ । उहाँले नै भन्नुभयो, यो ड्रेस
(गाउन) लगाऊ भनेर,’ ज्योतिले सुनाइन्, ‘त्यहाँ रोकिनुको कारण एनटिभीले
रोकिराखेकाले रहेछ । त्यतिवेला प्रसारण गर्यो भने हामीलाई ढुंगा हान्ने
हुन् कि भनेर रोकेका रहेछन् ।’ उनले त्यही पोसाकमा अन्य टेलिभिजनमा
अन्तर्वार्ता दिँदा नकारात्मक प्रतिक्रिया नआएको दाबी गरिन् ।
०००
विभिन्न ठाउँमा गाउँदा वा नाच्दा ज्योति पोसाकमा ध्यान दिन्छिन् । कुन प्रकृति र उमेर समूहका मान्छे छन् भन्ने ख्याल गरेर पोसाक छनोट गर्छिन् । ‘टिनएजरहरूले गरेको कन्सर्टमा स्कट लगाएर जान्छु,’ उनले भनिन्, ‘सोसाइटीलाई ख्यालमा राखेर आयोजना गरिएको कार्यक्रम, राष्ट्रिय मिडियाबाट ‘लाइभ’ हुने कार्यक्रममा साडी र गुन्युचोली लगाएर जान्छु ।’
०००
आफ्नो पोसाकका बारेमा मिडिया, चिनजानका व्यक्ति, फ्यान र सर्वसाधारणलगायतबाट ज्योतिले मिश्रित प्रतिक्रिया पाउने गरेकी छिन् । ‘मेरो लुगाको बारेमा विभिन्न टिप्पणीहरू हुन्छन् । ७५ प्रतिशतले राम्रो भन्छन्, मेरो ड्रेस अलि अट्रयाक्टिभ, सेक्सी हुन्छ भन्ने खालका कुराहरू सुनिन्छन्’ आफ्नो लुगाका बारेमा आफूसम्म आइपुग्ने टिप्पणी उनले सुनाइन्, ‘एक–दुईजना अलि कन्जरभेटिभ सोच राख्नेहरू ड्ेरसअप सुधार्नुपर्यो भन्छन् ।’

आफ्नोबारेमा आउने कमेन्टहरू राम्ररी बुझेर
मात्रै स्वीकार वा अस्वीकार गर्ने गरेको ज्योतिले बताइन् । ‘मलाई कसले
कमेन्ट गरिरहेको छ, त्यसलाई हेर्छु पहिला । र, ऊ कत्तिको सही छ त्यो हेरेर
मात्र कमेन्टलाई स्वीकार गर्छु,’ उनले भनिन्, ‘कतिपयले ज्योति केटाजस्ती
भएर हिँडिरहेकी हुन्छे भन्छन्, तर उनीहरूले खुसुखुसु नाजायज काम गरेका
हुन्छन्, तिनीहरूको कमेन्टलाई मैले कसरी एसेप्ट गर्ने ?’
०००
आफूलाई मोडलसमेत भन्न रुचाउने ज्योतिले कतिपय मोडलको न्युड फोटो देखेको बताइन् । ‘मलाई एक–दुईवटा स्टुडियोमा फोटोसुटका लागि बोलाइयो, कस्तो फोटो खिच्ने भनेर क्यामेराम्यानले नेपालका केही मोडलका तस्बिर देखाए,’ उनले सुनाइन्, ‘उनीहरूको फोटो न्युड नै थियो, त्यसलाई भल्गर भन्नैपर्छ, तर ती फोटोहरू आउट भएका छैनन् ।’

आफूले पछिल्लोपटक गरेको फोटोसुट सेक्सी
मात्र भएको ज्योतिको दाबी छ । ‘कुन अवस्थामा सौन्दर्यता झल्कन्छ भन्ने हो,
सौन्दर्यताका लागि फोटोसुट गरेकी हुँ,’ उनले भनिन्, ‘त्यसलाई भल्गर भन्न
मिल्दैन ।’ उनको फोटोमा वक्षस्थल थोरै मात्र छोपिएको देखिन्छ ।
ज्योतिले आफूलाई ‘स्टाइलिस’ ठान्छिन् ।
‘कतिपय मोडलको फोटो न्युड, सेमी न्युड हुन्छन्, म त्यसलाई भल्गर भन्छु ।
मैले लगाउने कपडा त सेमी न्युड पनि होइन, म आफूलाई स्टाइसिल मात्रै भन्छु,’
उनले भनिन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !