भारतको उत्तराखन्डस्थित रूद्रप्रयाग जिल्लकि ५४ बर्षीय कमला देवीले करीब एक घण्टासम्म बाघसंग संघर्ष गरिन । कमला देवीले आत्मरक्षाका लागि आफुलाई आक्रमण गरेको बाघलाई हंसिए प्रहार गरेकी थिइन् । यसै दौरानमा कमला देवीको पनि गम्भीर चोट लाग्न पुगेको छ । बाघले कमला देवीलाई अति गम्भीर घाइते बनाएको छ । महिलाको शरीरमा तीन ठाउँमा हड्डी फुटेको छ भने बाघसंग १ घण्टा संघर्षपछी गम्भीर घाइते उनि एक किलोमीटर पर रहेको आफ्नो गाउँ सम्म पुगीन, जहांबाट गाउलेहरुले उनलाई उपचारको लागि गाउँ नजिककैको अस्पताल अगस्त्यमुनि लिएर गए अनि फेरी त्यहाँ उपचार गर्न नसक्ने देखेपछी उनलाई श्रीनगर (भारतको गढ़वाल स्थित अस्पताल, जहाँ महिलाहरुलाई उपचार गरिन्छ) त्यहाँ लागिएको थियो । कमला देवीको स्वास्थ्य स्थिति गम्भीर अवस्थामा रहेको अस्पातल स्रोतले जनाएको छ ।
घाइते कमलादेवीलाई १०० भन्दा बढी टांका लगाइएको अस्पताल स्रोतले जनाएको छ । उनको दाहिने हातको दुइ ठाउँ र बायाँ पट्टि हातको एक ठाउमा फ्याक्चर भएको छ । कमला देवीको टाउको र खुट्टामा पनि गहिरो चोट लागेको छ । डाक्टरहरुले ति महिलाको साहशको सराहना गरेका छन् ।
बाघको आक्रमण बारे के भन्छन् वाइल्डलाइफ एक्सपर्ट ?
वाइल्डलाइफ एक्सपर्ट लखपत रावतका अनुसार बाघ बहुत चलाख जीव हो । उ कुनै पनि संघर्षबाट तब पछी हट्छ जब उसलाई यस्तो लाग्छ कि सामना गर्नेवाला उ भन्दा बढी बलवान छ । बिशेषत: बागकोको आक्रमण केहि मिनेट वा अधिकतम १० मिनेटमात्र हुन्छ । रावतका अनुसार 'यो घटना शायद देशकै पहिलो हो, जहाँ महिलाले बाघसंग संघर्ष गरि अनि बाघ मारिन् । महिलालाई गम्भीर चोट दिएको बाघले किन त्यत्रो समय लगायो ? भन्ने प्रश्नमा उनि भन्छिन्- सायद हुन सक्छ बाघलाई घाइते सिकार देखेर लाग्यो कि म यसलाई मार्न सक्छु तर त्यत्रो समयसम्म ति महिला उक्त बाघ संग लडीरहिन् अनि उसलाई हारको लागि बाध्य बनाइन् ।' महिला संग लामो समय संघर्ष गरेको उक्त घाइते बाघ आफ्नो सिकार छोडी भागेको थियो तर केहि बेरपछि मर्यो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !