बेलायतमा गरिएको अध्ययन अनुसार परपुरुषसँग सम्बन्ध कायम गर्ने विवाहित
महिलाहरुमध्ये अधिकांसले सो पुरुषसँग सेक्स लगायतका रोमान्टिक कार्य गर्न
चाहने देखाएको छ । तर यसरी परपुरुषसँग लहसिने महिलाहरुले आफ्नो लोग्नेसँग
भने सम्बन्ध विच्छेद गर्न चाहँदैनन् ।शोधकर्ता तथा बेलायतको विन्चेस्टर
विश्वविद्यालयका यौन तथा प्रजनन विषयका प्राध्यापक इरिक एन्डरसन भन्छन्,
‘विवाहमा खुसी हुनु ओछ्यानमा खुसु हुनु भन्दा फरक कुरा हो ।’
अध्ययनको क्रममा उनी ३५ देखि ४५ वर्ष उमेर समूहका १ सय जना विवाहित महिलामा
केन्दि्रत भएका थिए । साथै उनले ती महिलासँग कुराकानी गरेर उनीहरु
परपुरुषसँगको सम्बन्धका लागि इच्छुक भए नभएको कुरा समेत सोधेका थिए ।
त्यसक्रममा ६७ जनाले अझै बढ्दा सम्भोगका लागि परपुरुषसँग सम्बन्ध राख्न
चाहेको बताएका थिए । तर सबै १ सय जनाले नै आफु वैवाहिक जिवनमा खुसी रहेको र
लोग्नेसँग सम्बन्ध् विच्छेद नचाहेको बताएका थिए । परपुरुषसँग रोमान्स गर्न
चाहेको बताएका सबै महिला त्यस्तो रोमान्सको चरम विन्दु सेक्स नै हुने
कुरामा एकमत थिए ।
शोधकर्ताका अनुसार मानिसहरु दाम्पत्य जिवनमा खुसी भएपनि सम्भोगका मामिलामा
भने सधै विविधताको खोजी गर्ने गर्छन् र असन्तुष्ट रहिरहन्छन् । यौन जिवनमा
मोनोटोनस हुने भएका कारण लागि विवाहित महिलाले परपुरुषसँग सम्बन्धको खोजी
गर्छन् । यो अध्ययन महिलामा भएको भएपनि पुरुषको हकमा समेत यो निष्कर्ष लागु
हुनसक्ने विज्ञहरुको दाबी छ ।साइन्स डेलीको रिपोर्टमा आधारित


0 comments:
Speak up your mind
Tell us what you're thinking... !