Headlines News :
>
Home » » हाउसमेड खुलाउन भन्दै एजेन्टसँग रकम असुली

हाउसमेड खुलाउन भन्दै एजेन्टसँग रकम असुली

Written By Unknown on Monday, 25 August 2014 | 21:44

WOmen_Worker.jpg
म्यानपावर ब्यबसायी समेत रहेका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मानबतस्करलाई राहत पुग्ने गरी नयाँ घरेलु कामदार ल्याउन अनुमति दिन कुबेतस्थित नेपाली दुताबासलाई आफ्नो पछिल्लो निर्णय पठाएको छ ।
कुबेतमा हाउसमेड खुलाउन दलाल/ब्यबसायीले आर्थिक संकलन गरीरहेको पृष्ठभुमिमा श्रम मन्त्रालयको नयाँ निर्णय दुताबास आइपुगेको छ । उनीहरुले त्यस्ता एजेन्ट/ब्यबसायीबाट ६ सय कुबेती डिनार (झन्डै दुई लाख रुपैया) उठाइएको छ । नदिने ब्यबसायीबाट समेत जर्बजस्ती लिएको भन्दै दुताबासमा उजुरी लिएर गएका छन् ।
हाउसमेडको भयबह स्थिति भएपछि नेपाली दुताबासको सिफारीसमा श्रम मन्त्रालयले बैशाख ५ गते तत्काल हाउसमेड नपठाउने निर्णय लिएको थियो । दुताबासमा बिभिन्न समस्या भोगेर सेल्टरमा बस्नेहरु दुईसय भन्दा बढी छन् ।
सरकारको निर्णय लगत्तै बैशाख १२ गतेदेखि दुताबासले नयाँ हाउसमेडको करारनामा र भिसा प्रमाणीकरण रोकेको थियो । दलाल/ब्यबसायीको दवावपछि मन्त्री गुरुङले हाउसमेडको कारोबार गर्ने एजेन्ट/ब्यबासायीको भने बमोजिम स्पोन्सर -कफला) फरक परेपनि जेट ३१ सम्म जारी भएका भिसा र करारपपत्रमा प्रमाणीकरण गर्नु भन्दै निर्णय निर्णय पठाएको छ । दुताबासले यसबारे पुर्नबिचार गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाउने तयारी गरेको छ ।
मन्त्री गुरुङले रोकिएको भिसालाई फुकुवा गर्नको लागि मुद्दामा एजेन्ट/ब्यबसायीको माग बमोजिम फरक फरक मितिमा निर्णय गरी कार्यान्वयन गर्नु भन्दै परराष्ट्र मन्त्रालय दुताबासलाई पत्र पठाएको छ ।
पहिलो पटक गत असार १८ गते  घरेलु महिला कामदारको सुरक्षाको लागि स्पोन्सरले ग्यारेन्टी पत्र बुझाएमा भिसा र करानामा प्रमाणीकरण गर्नु भन्दै  निर्णय गरी पठाएको थियो । त्यो निर्णयलाई दुताबासले कार्यान्वयन नगरेपछि थप स्पष्ट पारेको भन्दै असार २३ मा जेठ ३१ गतेसम्म निस्केको भिसालाई प्रमाणीकरण गर्न मन्त्रालयको अर्को निर्णय पठायो । निरन्तरता दिदै साउन २३ गते मन्त्रालयले स्पोन्सर फरक परे भएपनि जेठ ३१ गते अगाडि निस्केको भिसालाई  भदौ मसान्तसम्म प्रमाणीकरण गर्न नयाँ निर्णय पठाएको छ ।
कुबेतमा घरेलु कामदारको दलाल/ब्यबसायीको एक गिरोह नेपालमै बसेर मन्त्रीलाई दवाव बढाउने काम भइरहेको कुबेतस्थित गैरआबासीय नेपाली संघका अध्यक्ष धर्मराज गिरीले बताए । 'यता केही ब्यबसायीहरु जर्वजस्ती पैसा उठाइरहेको छ भन्दै आउछन्', उनले भने,'अर्को समुह हाउसमेड खुलाउन अर्को समुह काठमाडौंमा सक्रिय छन् ।'
नेपाली दुताबासले हाउसमेड बन्द गर्न पठाएको सिफारीसलाई श्रम मन्त्रालयले प्रलोभनमा परी नटरेको भन्दै कुबेतमा क्रियाशील ४० भन्दा बढी नेपाली संघसंस्थाले 'दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु महिला कामदार नपठाउन' को लागि हस्ताक्षर अभियान गराएको छ । एनआरएन कुबेतको अगुवाईमा भएको यो अभियानमा झन्डै ३ हजार भन्दा बढी महिला कामदारको हस्ताक्षर छ । उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरी श्रम मन्त्रालयको निर्णयलाई रोक्नको लागि ज्ञापनपत्र समेत बुझाएका छन् ।
दुताबासले पनि उच्चस्तरीय भ्रमण नआई यस बिषयमा काम नहुने जनाएको छ । 'श्रम, परराष्ट्र, प्रधानमन्त्री र अख्तियारका अधिकारीहरु सम्मिलित टोलीले स्थलगत अध्ययन भएपछि मात्रै थप निर्णय लिनु महिलाको हितमा हुन्छ', एक अधिकारीले भने,'अहिलेको अबस्थामा थप हाउसमेड ल्याउनु भनेको महिलाको सुरक्षामा खेलबाड गर्नु हो ।'
कुबेतमा एउटा हाउसमेड ओर्लिने बित्तिकै दलालहरुले एक लाख रुपैया कमाउछन् । आर्थिक रुपमा धेरै कमाइ हुने पेसा भएकोले हाउसमेडको बेचबिखान गर्ने तहमा श्रम मन्त्रालयबाट समेत सघाउ पुगेको संघसंस्था आरोप लगाएको छ । 'दुताबासले हुदैन भन्दा भन्दै जर्बजस्त निर्णय लिनुको पछाडिको कारण के हो', राधेश्याम बुल्लाकोटोलीले भने,'यसको गम्भिर छानबिन हुनुपर्छ ।'

लिग स्थगित गरिएसँगै फुटबल संघले मृतक खेलाडी अल्बर्ट इबोसेको परिवारलाई १ लाख अमेरिकी डलर क्षतिपूर्ति समेत दिने भएको छ । अल्जेरियाको जेएस क्याबिली फुटबल क्लबबाट खेल्दै आएका २४ वर्षीय क्यामरुनी स्ट्राइकर इबोसेलाई युएसएम एल्गर क्लबका समर्थकहरुले खेलपश्चात ढुंगा प्रहार गरेका थिए ।

टाउकोमा लागेर गम्भीर घाइते भएका इबोसेलाई उपचारको लागि अस्पताल पुर्‍याएपछि मृत घोषित गरिएको थियो । खेलमा इबोसेकै गोलको मद्दतले पाहुना टोली विजयी भएको थियो भने घरेलु टोली एल्गर २–१ ले पराजित भएको थियो । खेल सकिएपश्चात खेलाडीहरु ड्रेसिङ रुममा गइरहँदा विपक्षी समर्थकहरुले ढुंगामुढा गरेका हुन् ।

अल्जेरियन फुटबल फेडेरेसनले घटना लगत्तै उक्त रंगशाला बन्द गराएको छ । त्यहाँको आन्तरिक मन्त्रालयले घटनाको पूर्ण र निस्पक्ष छानबिन गर्न आदेश दिएको छ । - See more at: http://imagekhabar.com/samachar/detail/40874/31/.shtml#sthash.XDbOmWiA.JSfG4n2k.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar