Headlines News :
>
Home » » दर्शक ओेइरिएको सुन्दा रोइन् स्वेता

दर्शक ओेइरिएको सुन्दा रोइन् स्वेता

Written By Unknown on Sunday, 17 August 2014 | 16:56


     ‘कोहिनुर’ फिल्मकी नायिका तथा श्रीकृष्णकी पत्नी श्वेता खड्का चलचित्र हेर्न दर्शक ओइरिएको खबरले भावुक बनेकी छन् । म्हेपीस्थित श्रीकृष्णको घरमा शोकमा बसिरहेकी श्वेतालाई शुक्रबार निर्देशक आकाश अधिकारीले भेटेका थिए ।
निर्देशक अधिकारीले कोहिनुर हेर्न दर्शक ओइरिएको विषयमा श्वेतालाई जानकारी दिएका थिए । ‘मैले दर्शक ओइरिएको जानकारी दिएपछि उहाँ झन भावुक भएर रुनुभयो । केही बोल्न सक्नुभएन’अधिकारीले भने । कोहिनुरमा श्वेताले गरेको अभिनयको निकै नै तारिफ भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यसैबीच निर्देशक आकाश अधिकारीले फिल्मले ठुलो सफलता प्राप्त गर्दै जाँदा पनि भित्री मन खुशी हुन नसकेको प्रतिक्रिया दिएका छन् । ‘म यतिबेला श्रीलाई झन धेरै मिस गरिरहेको छु । श्रीले यो चलचित्रमा जति समर्पित भएर काम गरेका थिए त्यसकै प्रतिफल हो यो । हलहरुमा जान्छु,हलहरुमा उनको फोटो देख्दासमेत विचलित हुन्छु ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar