Headlines News :
>
Home » » खतरनाक रोग ईबोला रोगबारे जान्नै पर्ने कुराहरु

खतरनाक रोग ईबोला रोगबारे जान्नै पर्ने कुराहरु

Written By Unknown on Monday, 18 August 2014 | 19:26

याद राख्नुहोस्, कुनै पनि रोग बाजा बजाएर आउँदैन । इबोलाको खतराले संसारभर अहिले जरा गाडेको छ यसको चर्चा यो कारण भएको छ कि यसको अहिले सम्म कुनै औषधी बन्न सकेको छैन न त कुनै भ्याक्सिनको निर्माण हुन सकेको छ ! त्यसो भए यसको बारेमा जान्नु अपरिहार्य छैन त ? आउँनुहोस्श यसको बारे चर्चा गरूँ ! केहि दिन अघि मात्र मात्र विश्व स्वास्थ्य संगठनले जारी गरेको व्यक्तव्यका अनुसार गत फेब्रुवरीबाट पश्चिम अफ्रिकामा फैलिएको ईबोला भाइरस रोग (इभीडी) बाट मर्नेको संख्या १,०१३ पुगिसकेको छ भने यस रोगबाट १,८४८ जना संक्रमित भइसकेका छन् । अगस्त ७ देखि ९ सम्ममा मात्र, ६९ वटा इबोला भाइरसका नयाँ रोगीहरु गिनिया, लाइबेरिया र सेयेरा लियोनमा देखापरेका छन् । यिनीहरुमध्ये ५२ को अवस्था चिन्ताजनक रहेको छ ।


गत डिसेम्बर महिनामा पहिलोपटक यो भाइरस देखापरेको गिनियामा यस रोगका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यहाँ ३७३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश लाइबेरियामा ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्यान गुमाएका छन् । इबोला भाइरस रोगका कारण नाइजेरियामा पनि दुई जनाले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्र पश्चिम अफ्रिकामा सबैभन्दा बाक्लो जनसंख्या भएको मानिन्छ । अहिले ईबोला भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालिन स्थितिको घोषणा गरेको छ ।


के हो ईबोला रोग ?
विश्व स्वास्थ संगठनले ईबोला भाइरस रोग (इभीडी)लाई ‘एक गम्भिर, प्रायः घातक रोग, जसको मृत्युदर ९० प्रतिशतसम्म रहेको छ’ भनेर ब्याख्या गरेको छ । ईबोला भाइरस रोगलाई ईबोला हेमोरागिक फिभर (इएचएफ) पनि भनिन्छ । यसबाट मानिस तथा जनावर दुवै संक्रमति बन्न सक्छन् । यस भाइरसबाट संक्रमित भएपछि मानिसलाई उच्च ज्वरो आउने, आन्तरिक रक्तश्राव हुनेगर्दछ । यसबाट मानिसलाई हेमोरेजिक ज्वरो आउने गर्दछ र अन्ततः मृत्यु हुने गर्दछ ।

ईबोला पहिलोपटक सन् १९७६ मा दुई पटक सुडान र कंगोमा देखिएको थियो । कंगोकै ईबोला नदी नजिकै रहेको एक गाउँमा यो रोग देखा परेको हुनाले यस भाइरसको नाम ईबोला राखिएको हो ।

फलफूल खाने चमेरोलाई ईबोला भाइरसको प्राकृतिक होस्ट मानिन्छ । यस रोगको आधिकारिक उपचारविधि वा भ्याक्सिन बनेको छैन । वैज्ञानिकहरुले अझै ईबोला भाइरसको विस्तृत अध्ययन गर्न पाएका छैनन् । यद्यपि, अहिले विश्व स्वास्थ्य संगठनले प्रयोगात्मक औषधी प्रयोग गर्न अनुमति दिएको छ । यो रोगबाट मानिस मात्र नभएर गोरिल्लाहरु पनि खतरामा रहेका छन् । पछिल्लो १५ वर्षमा ईबोलाका कारण संरक्षित क्षेत्रमा रहेका १/३ गोरिल्लाहरुको मृत्यु भइसकेको छ ।

ईबोलाको लक्षण
ईबोलाको लक्षण अकास्मात रुघा लागेको जसरी शुरु हुन्छ । शरीर थाक्ने, ज्वरो आउने, टाउको दुख्ने, माशंपेशी, हड्डीको जोर्नी र पेट दुख्ने जस्ता लक्षण देखिन थाल्छ । धेरैलाई बान्ता हुने, डाइरिया र खाना नरुच्ने पनि हुनसक्छ । कोहीलाई भने घाँटी सुख्खा हुने, छाती दुख्ने, बाडुली लाग्ने, स्वास प्रश्वासमा गाह्रो हुने र खाना निल्न गाह्रो पनि हुने गर्छ । औसत रुपमा रोगबाट संक्रमित भएपछि पहिलो लक्षण देखापर्न ८ देखि १० दिन लाग्दछ तर यो २ देखि २१ दिनसम्म पनि लाग्ने गरेको पाइएको छ । कसैको छालामा घाउ पनि देखापर्न सक्छ जसलाई म्याकुलोप्यापुलर र्यास पनि भनिन्छ । शरीरबाट रक्तश्राव हुने चरणमा पुग्नुभन्दा पहिले ईबोला भाइरस रोगको लक्षण मलेरिया, डेंगु र अन्य ज्वरोको लक्षणसँग मिल्छ ।
ebola-symptom
४० देखि ५० प्रतिशत रोगीहरुमा नाक, यौन अंग, मलद्वार, गिजा आदिबाट रक्तश्राव भएको पाइएको छ । यो चरण पहिलो पटक लक्षण देखिएको ५ देखि ७ दिन भित्र देखिने गरिएको छ । आन्तरिक रक्तश्रावको लक्षणको रुपमा आँखा रातो हुने र बान्तामा रगत देखिने हुनसक्छ । त्यस्तै दिसामा पनि रगत देखिनसक्छ । रक्तश्रावको लक्षण देखिनु भनेको यो रोगको अन्तिम चरण मानिन्छ जसबाट मानिसको मृत्यु पनि हुनसक्छ । 

कसरी सर्छ यो रोग ?
ईबोला भाइरस रोग लागेको मानिसको रगत, पसिना र शरीरको अन्य तरल पदार्थको सम्पर्कमा आउँदा यो रोग सर्दछ । यो जनवारबाट सर्ने गरेको पनि पाइएको छ । अफ्रिकामा ईबोला भाइरस रोगबाट ग्रसित चिम्पान्जी, गोरिल्ला, फल खाने चमेरो, बाँदर आदिबाट यो रोग सरेको पाइएको छ ।

विशेष गरेर ईबोला भाइरस रोग लागेर मरेका व्यक्तिको अन्तिम संस्कारको बेला रोगीको शरीरको सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्ने गरेको पाइएको छ । यही कारणले गर्दा अहिले ईबोलाबाट प्रभावित अफ्रिकाका केही देशहरुमा रोग सर्ने डरले ईबोला भारइस रोगका कारण मृत्यु भएकाहरुको लासलाई दाहसंस्कार गर्न समेत मानिसहरु डराइरहेका छन् । उनीहरुको लास बाटोमा यत्रतत्र छरिएका छन् । यो रोग लागेर ठीक भएका पुरुषहरुको वीर्यबाट पनि यो रोग सर्न सक्छ । रोग लागेर ठीक भए पनि ७ दिनसम्म यौनसम्पर्क नगर्न डाक्टरहरुले बताएका छन् ।

उपचार तथा रोकथाम

ईबोला भाइरस रोगको बारेमा डाक्टरहरु आजित छन् । हाल सम्म यसको उपचार, औषधी वा भ्याक्सिन केही पनि छैन । सकेसम्म यो रोगबाट बच्न सतर्क रहनु राम्रो हुन्छ । मुख्य कुरा त्यस्ता रोगीको पहिचान गरि संक्रमितबाट जोगिनु नै बेश हुन्छ !

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar