Headlines News :
>
Home » » इबोला बिरामी दिल्लीमा भेटिए

इबोला बिरामी दिल्लीमा भेटिए

Written By Unknown on Monday, 18 August 2014 | 00:13


Ibola virus

नयाँ दिल्ली, भाद्र २ - नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको छ ।
इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि नाइजेरियाली यात्रुलाई पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको छ ।
सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।
भारत सरकारले इबोला भाइरसको संभावित संक्रमणको उपचार र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ वटा बेडसहित बिशेष आइसीयु विभाग स्थापना गरिएको छ । नेपालले पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने जनाएको छ । 
इंग्ल्याण्ड जर्नल अफ मेडिसिन जर्नलका अनुसार इबोला भाइरस संक्रमणको सुरुवात गिनी देशबाट सन् २०१३ को डिसेम्बरमा सुरु भएको थियो । उक्त संक्रमणमा परेर एक दुई बर्षिया बालकको निधन भएको थियो । इबोला भाइरसको फैलँदो संक्रमणबारे सर्तकर्ता अपनाउन नेपाल सरकारले अफ्रिकी मुलुकबाट आउने पर्यटक/यात्रुका हकमा तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरिसकेको छ भने नेपाली नागरिकलाई अफ्रिकी मुलुकमा भ्रमणका लागि रोक लगाउने भएको छ ।
पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको आधारमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar