Headlines News :
>
Home » » छोरा र छोरीले झ्याइँ पारेको ६ महिनापछि सम्धी-सम्धिनीको बिहे !

छोरा र छोरीले झ्याइँ पारेको ६ महिनापछि सम्धी-सम्धिनीको बिहे !

Written By Unknown on Tuesday, 22 July 2014 | 03:28

आखिर तन बुढो भए पनि मन बुढो हुँदैन भनेको ठीकै हो । त्यहीँ भएर होला छोरीलाई अन्माएर पठाउँदै गर्दा बेहुलीकी आमाले आफ्ना ज्वाइँको बाउ अर्थात् सम्धीसँग पिरती गाँसिन् । अनी त्यसको ६ महिनापछि नै सम्धीलाई श्रीमान बनाइहालिन् ।

यो यथार्थ घटना फ्रान्सको हो । श्रीमानको निधनपछि १० वर्षदेखि एक्लो जिवन बिताइरहेकी लियोनकी बासिन्दा यी सम्धिनीले छोरी अन्माउँदै गर्दा सम्धीसँग पिरती गाँसेकी हुन् । बेहुली फ्यानेट्टीकी आमा सोफी मेगनान र बेहुला इयानका बुवा डेभिडबीच सोही माया पिरती अन्ततः वैवाहिक सम्बन्धमा परिणत भयो ।

बुहारीकी आमालाई दुलही बनाएर भित्राउँदा बेलायतका सम्धीज्यू डेभिड पनि निकै खुसी भएका छन् । नहोउन् पनि किन पहिलो श्रीमतीसँग डिभोर्स भएपछि उनी १५ वर्षदेखि एक्लो जिवन बिताइरहेका थिए ।

शुभकामना छ श्रीमान श्रीमती बनेका यी सम्धी सम्धिनीलाई ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar